सुडानको एल–फाशरमा भएको आक्रमणमा १८ जनाको मृत्यु
पोर्ट सुडान । सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ ।
'हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ, तीमध्ये केहीको जलेर र अरूलाई गम्भिर चोटपटक लागेर मृत्यु भएको छ,' एल–फाशर शिक्षण अस्पतालका एक स्रोतलाई उद्दृत गर्दै समाचार संस्थाहरूले लेखेका छन् ।
सुडानको दुर्दशा र विशेष गरी एल–फाशर शहर बारेयस हप्ता न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा छलफल भएको छ ।
'हामीले युद्धरत पक्षलाई एल–फाशर, खार्तूम र अन्य उच्च जोखिममा रहेका क्षेत्रमा मानवीय विरामहरू स्वीकार गर्न बाध्य पार्नै पर्छ,' संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले भनेका थिए ।
अर्धसैनिकहरूले मे महिनादेखि एल–फाशरलाई घेरा हालेका छन् ।सुडानको युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एल–फाशरमा भएको आक्रमणमा विशेष चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण