ललितपुरबाट प्रहरीको गाडी र मोटरसाइकल बाढीले बगायो
शनिबार, १२ असोज २०८१, १३ : ३८
काठमाडौँ । ललितपुरको इलाका प्रहरी कार्यालय टुंगुनको गाडी, मोटरसाइकल र एउटा स्कुटर बाढीले बगाएको छ । टुंगुन प्रहरी चौकीबाट बा.२ झ १९१८ नम्बरको गाडी र बा.२ व १२६९ नम्बरको मोटरसाइकल बगाएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिलबहादुर मल्लले बताए ।
प्रहरी चौकीमा राखिएको एउटा स्कुटर पनि बगाएको छ । टुंगुनमा बैतर्णी र घडघडा सहितका ३ वटा खोलामा आएको बहावले गाडी र मोटरसाइकल बगाएको मल्लले जानकारी दिए । बाढीको कारण टुंगुनमा कार्यरत प्रहरीलाई त्यहाँबाट सुरक्षित ठाउमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण