आपत्कालीन समन्वयात्मक बैठक : सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
अविरल परेको वर्षाका कारण विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा सरकारले प्राथमिकतामा राखेको उनले बताए । साथै प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले विपद्मा परेर घाइतेहरू भएकाहरूलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।
मन्त्री गुरुङका अनुसार बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको उपचार र निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियम अनुसार प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै तत्काल र अविलम्ब अवरुद्ध सडक खोल्न भौतिक मन्त्रालयले पहल गर्ने तथा अवरुद्ध टेलिफोन र विद्युत् नियमित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्ने निर्णय भएको मन्त्री गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण