आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले आज स्थगित भएको प्रवेश परीक्षा असोज १७ गते गर्ने भएको छ । भारी वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थीहरू बाटोमै रोकिएपछि आजका लागि तोकिएको परीक्षा स्थगित गरेको थियो।
आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते गर्न लागिएको निमित्त डीन डा. किशोरचन्द्र दाहालले जानकारी दिए। असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।
परीक्षा दिनका लागि काठमाडौँ हिँडेका विद्यार्थीहरू नारायण मुग्लिन सडक खण्डमा अलपत्र परेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उनीहरू अलपत्र परेका हुन्। सरकारले समेत तत्काल सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसँग सम्पूर्ण परीक्षा स्थगित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण