चियापान र शुभकामना कार्यक्रम छाडेर राहत र उद्धारमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्व निर्धारित शुभकामना र चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले यस्तो निर्देशन दिएको एमाले विपद् व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईले जानकारी दिए ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेल समेत सहभागी बैठकले असोज १४ देखि १६ गतेसम्मलाई शुभकामना र चियापान जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको भट्टराईको भनाइ छ । त्यस्तै बाढी, पहिरो प्रभावित जिल्लाका नेता कार्यकर्ताहरूलाई सो अवधिमा विपदमा परेका नागरिकको राहत र उद्धारमा सक्रिय हुन निर्देशन दिएको छ ।
बैठकले वर्षाबाट उत्पन्न विषम परिस्थितिमा जनतामाथि परेको पीडामा सहयोगी बन्ने सरकार, राजनीतिक दल, विभिन्न संघसंस्थालाई धन्यवाद दिँदै बाढीबाट प्रभावित भएको केन्द्रीय कार्यालयको सरसफाइ पनि पार्टी कार्यकर्ताको सहयोगमा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण