रास्वपाले भन्यो : छविलाल जोशीलाई प्रक्रिया नपुर्याई समातियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व डीआइजी छविलाल जोशीलाई सरकारले पक्राउ गर्दा प्रक्रिया नपुगेको बताएको छ । आइतबार केन्द्रीय समिति बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जोशीलाई कुन आधारमा पक्राउ गरेको भन्दै प्रश्न गरे ।
‘छविजीलाई जुन प्रक्रियाले पक्रेको छ त्यसको विरोध छ प्रक्रिया मिलेन । कुन आधारमा पक्रेको हो‚’ उनले भने‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यमले लेखिदिन्छ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚ड्यामेज हाम्रो भएको हुन्छ ।’
उनले रवि लामिछानेको विषयमा पनि पक्रिया पुरा गरेर आए सरकारलाई सहयोग गर्न रास्वपा तयार नै रहेको पनि बताए ।
‘प्रक्रियागत रूपमा अघि आए हामी सहयोग गर्न तयार छौँ । योभन्दा अघि पनि स्टुडियोमा गएर समातेको हो । नागरिकताको पद जाँदै गर्दा पनि हामी चुप लागेर उपनिर्वाचनको तयारीमा जुटेका हौँ‚’ उनले भने‚ ‘यसपटक पनि हामी तयार छौँ तर‚ सरकार प्रक्रिया पुर्याएर आउनुपर्छ । एउटा अनलाइनले लेखेको भरमा पक्राउ गर्ने कुरा हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
-
लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’
-
कोहलीको रेकर्ड अझै ‘विराट’
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की
-
पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
-
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक