राहत र उद्धारमा जुट्न पूर्वमुख्यमन्त्री शेरधन राईको अपिल
विराटनगर । बाढी पहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटी इन्चार्ज समेत रहेका राईले कोशी प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो अपिल गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै नेता राईले जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन समेत आग्रह गरे । प्रदेशका विभिन्न स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै उनले घाइतेहरूको उपचार र बेपत्ताहरूको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
‘घाइतेको उद्धार, उपचार तथा मृतकका परिवारहरूलाई राहत तथा पुनर्स्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ । सडक तथा पुलहरू बाढीले बगाएको भन्दै उनले तत्काल पुन निर्माण गर्न समेत ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण