क्यालिफोर्नियाका गभर्नरले रोके एआई सुरक्षा विधेयक
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूसमले ऐतिहासिक कृत्रिम बौद्धिकता (एआई) सुरक्षा विधेयक रोक्का गरेका छन् । प्रमुख प्रविधि कम्पनीहरूले यो विधेयकको कडा विरोध गर्दै आएका थिए ।
प्रस्तावित विधेयकले अमेरिकामा एआईको नियमनबारे पहिलो व्यवस्था गरेको थियो । विधेयकले नवप्रवर्तन रोक्ने र एआई विकासकर्ताहरूलाई राज्यबाट बाहिरिन बाध्य पार्ने न्यूसमको भनाइ छ ।
गभर्नरले भिटो लगाएपछि कम्पनीहरूले सरकारी निगरानी बगेरै अति शक्तिशाली प्रविधिको विकासलाई जारी राख्न सक्ने भएको भन्दै विधेयकका लेखक सिनेटर स्कट वेइनरले दुखेसो पोखेका छन् । विधेयकमा उन्नत खालको एआई मोडलको सुरक्षा परीक्षण हुनुपर्ने भनिएको थियो ।
निर्माताहरूले आफ्नो अति परिष्कृत प्रविधिमा ‘किल स्वीच’ छ भन्ने देखाउन बाध्य हुने थिए । किल स्वीच भयो भने कुनै खतरा उत्पन्न भयो भने सङ्गठनहरूले एआई प्रणाली बन्द गर्न सक्छन् । क्यालिफोनिर्यामा च्याटजीपीटी निर्माता ओपनएआई समेतका कयौैं परिष्कृत र ठुला एआई कम्पनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण