जुम्लामा आज सार्वजनिक बिदा
जुम्ला । जिल्लामा आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रदेशकै धार्मिकस्थल रहेको यहाँको चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो तान्ने दिन प्रदेश सरकारले जुम्लामा मात्र एक दिन सार्वजनिक बिदा दिएको हो ।
चन्दननाथ मन्दिरको लिङ्गो तान्ने दिनका अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । मन्त्रालयले विज्ञप्तिमार्फत असोज १४ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) का अवसरमा बिदा दिने जनाएको छ ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । यो मन्दिरमा बर्सेनि घटस्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन परापूर्वकालदेखि चलिआएको चन्दननाथ नगरपालिकाका स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण