प्रदीप र अभिलाषा च्याम्पियन, कमल थापा डबल च्याम्पियन
काठमाडौँ । प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–० र ६–३ ले सहजै पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा विष्टलाई ६–१ र ६–१ को सोझो सजिलै हराइन् ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा सन्तोष खत्रीलाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए ।
हिमाल मिडियाद्वारा आयोजित प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष सिंगल्स स्पर्धामा दोहोरो स्वर्ण जितेका कमल थापा ५५ वर्षमाथि र ६५ वर्षमाथि च्याम्पियन बने । चन्द्र शाहीले पनि पुरुष डबल्समा २ स्वर्ण जिते । उनले ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ तथा ५५ वर्षमाथि उत्तम शेर्पासंग मिलेर स्वर्ण हात पारे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भए ।
त्यस्तै ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षित, ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, हिमाल मिडियाका संस्थापक कुन्दमणि दीक्षितलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । समावेश सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार पाए । कुल पुरस्कार राशि ५ लाख ७६ हजार रहेको थियो । शनिबार सम्पन्न हुनु पर्ने प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन लम्बिएको हो । प्रतियोगितामा १ सय ३९ खेलाडी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण