कलेज अफ मेडिकल साइन्सेस र प्रभु बैंकबिच छुट सम्झौता
काठमाडौँ । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ तथा कलेजका तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्सेसमा बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्स-रे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।
बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि बैंकका ग्राहक तथा कर्मचारीहरूले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण