खाद्य सुरक्षामा साना किसानहरूको भूमिका महत्त्वपूर्ण छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको बताएका छन् । मंगलबार एक कार्यक्रममा उनले वर्तमान जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न सबैको एकता आवश्यकता रहेको बताए ।
मन्त्री अधिकारीले जलवायु परिवर्तनबाट परेको प्रभावहरूको सामना गर्न सरकारले प्रकृति मैत्री, विशिष्टिकृत, सरल, मापनयोग्य र दिगो समाधानका उपायहरू अपनाउन दृढ संकल्प गरेको बताए । कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणाली (अर्ली वार्निङ्ग सिस्टम)को विकास गरी कार्यान्वयन गर्न मन्त्रालय सक्रिय भई लागेको उनले बताए ।
मन्त्री अधिकारीले नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्रहरू र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावनाहरू प्रदान गरे पनि दबाबपूर्ण चुनौतीहरूको सामना गर्नुपरिरहेको उल्लेख गरे । नेपालको पहाडी पारिस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पुर्याएको उनले बताए । उनले साना तथा सीमान्त कृषकहरूले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण