लेबनानबाट आफ्ना नागरिक निकाल्न विमान चार्टर गर्दै बेलायत
बेरुत । यतिबेला लेबनानमा स्थिति तनावपूर्ण छ । इजरायलले हवाई र भूमिगत हमला चर्को बनाइरहँदा हताहत हुनेको संख्या बढ्दो छ ।
यस्तोमा बेलायत सरकारले त्यहाँ फसेका आफ्ना नागरिकहरूको उद्धारका लागि विमान चार्टर गर्न थालेको छ । लेबनानमा स्थिति निकै अस्थिर रहेको र छिट्टै बिग्रन सक्ने बेलायतका विदेश मन्त्री डेभिड ल्यामीले भनेका छन् । उनको यो अभिव्यक्ति इजरायलले दक्षिण लेबनानमा जमिनबाट स्थानीय र लक्षित आक्रमण सुरु गर्ने घोषणा गर्नुभन्दा केही घण्टा अगाडि आएको थियो ।
लेबनानमा रहेका बेलायती नागरिक, तिनका जहान वा पार्टनर र १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई विमानमा ल्याउन थालिएको छ । विमान बुधबार बेरुतबाट हिँड्ने बताइएको छ । गएको हप्तासम्म लेबनानमा आश्रीतसमेत गरेर ४ हजारदेखि ६ हजार बेलायती नागरिक रहेको अनुमान गरिएको छ ।
चार्टर विमानको सारा खर्च बेलायत सरकारले तिर्नेछ । तर विमानमा आउने हरेक बेलायती नागरिकसँग ३६० पाउन्ड शुल्क लिइने अपेक्षा गरिएको छ । सो विमानमा जानका लागि भने गैर–बेलायतीहरूसँग भिसा वा कम्तिमा ६ महिनासम्म बेलायत बस्ने अनुमति हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण