मिसाइल हमलापछि इरानमा उत्सव, बदला लिने इजरायलको चेतावनी

तेहरान । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसीयाली मनाउँदै गरेको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि उत्सव मनाए।
यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको तस्बिर पनि देखियो। कतिपयले पटाका समेत पड्काए । हसन नसरल्लाह केही दिन अघि इजरायली आक्रमणमा मारिएका थिए।
यसैबिच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।
यता इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन् । उनले भने, ‘इरानले आज ठुलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’
मन्त्रिपरिषद् बैठकमा इजरायली प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा नियमहरूमा अडिग रहनेछौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या