मिसाइल हमलापछि इरानमा उत्सव, बदला लिने इजरायलको चेतावनी
तेहरान । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसीयाली मनाउँदै गरेको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि उत्सव मनाए।
यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको तस्बिर पनि देखियो। कतिपयले पटाका समेत पड्काए । हसन नसरल्लाह केही दिन अघि इजरायली आक्रमणमा मारिएका थिए।
यसैबिच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।
यता इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन् । उनले भने, ‘इरानले आज ठुलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’
मन्त्रिपरिषद् बैठकमा इजरायली प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा नियमहरूमा अडिग रहनेछौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण