पलेशा र एरिकाको पुरस्कार रकम निकासा दिने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी पलेशा गोवर्द्धन र एरिका गुरुङलाई पुरस्कार बापतको रकम निकासा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत असोज ३ मा पलेशा र एरिका सहित उनका कोच तथा प्रदेशस्तरका कराँते, तेक्वान्दो संघलाई वितरण गरिएको पुरस्कार बापतको रकम निकास गर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत् खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरण अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयलाई २३ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार असोज ३ गतेको कार्यक्रममा प्रदेश सरकारको खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरण अन्तर्गत १ लाख रुपैयाँ मात्र बजेट रहेकाले रकम वितरण गर्न नसकिएको उनले बताए ।
‘३ असोजमा कार्यक्रम गरेर सम्मान गरियो । सो समयमा घोषणा गरिएको रकम हाल निकासा गरिएको छ । जसमा पुरस्कार बापत २० लाख रुपैयाँ खर्च हुन्छ । ३ लाख रुपैयाँ सोही शीर्षकमा रहने छ,’ उनले भने ।
पेरिस पाराओलम्पिकमा काश्य पदक दिलाएकी पलेशालाई प्रदेश सरकारले १० लाख रुपैयाँ, पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो ।
त्यस्तै १९औँ एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई ५ लाख, उनको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण