नेपाल प्रिमियर लिग क्रिकेट : सुदूरपश्चिम रोयल्सको प्रमुख प्रशिक्षकमा जगत टमाटा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज बहुप्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
टमाटा राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अन्तर्गतको शृङ्खला खेल्न हाल क्यानडा र अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीमा पनि उनी कन्सल्टेन्ट प्रशिक्षकको भूमिकामा छन् ।
उनकै प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो । नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाउँदा जगत टमाटा नै टोलीका प्रमुख प्रशिक्षक रहेका थिए ।
सुदूरपश्चिम रोयल्सले टमाटाको प्रशिक्षकत्वमा आफ्नो टोलीले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ । सुदूरपश्चिम रोयल्सले आगामी एनपीएलका लागि गत सोमबार आफ्नो नाम र लोगो सार्वजनिक गरेको थियो ।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिसँग रहेको छ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रुपमा भने दीपेन्द्रसिंह ऐरी रहेका छन् । उनी नेपाली राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । उनी हाल राष्ट्रिय टोलीसँगै क्यानडा भ्रमणमा छन् । एनपीएल आगामी मंसिर १६ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण