कप्तानको जिम्मेवारीबाट बाबर आजमको राजीनामा
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान बाबर आजमले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । ३० औँ वर्ष प्रवेशको संघारमा रहेका बाबर आजमले एक दिवसीय र टी–२० टोलीको कप्तान पदबाट राजीनामा दिएका हुन् ।
उनले आफ्नो ध्यान ब्याटिङमा केन्द्रित गर्न कप्तान पदबाट राजीनामा दिएको बताएका छन् । उनले दोस्रो पटक पाकिस्तानी टोलीको कप्तान पदबाट राजीनामा दिएका हुन् । यसअघि पनि उनले एकपटक कप्तान पदबाट राजीनामा दिएका थिए ।
तर, त्यसको केही समयपछि नै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई पुनः एक दिवसीय र टी–२० टोलीको कप्तान बनाएको थियो । यस पटक कप्तान पदबाट राजीनामा दिँदा उनले आफूमाथि कामको बोझ बढी भएको दाबी गरेका छन् ।
बाबर आजमले बुधबार आफूले कप्तानको जिम्मेवारी छाडेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । त्यसैले उनको आलोचना पनि हुँदै आएको छ ।
‘पाकिस्तानी टोलीको कप्तानको जिम्मेवारी निर्वाह गर्न पाउनु मेरा लागि गर्वको विषय हो । तर, अब यो जिम्मेवारीबाट बिदा लिएर म आफ्नो सम्पूर्ण ध्यान आफ्नो ब्याटिङमा केन्द्रित गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण