रास्वपा सांसद अर्यालको राउतलाई प्रश्न : दुई न्यायाधीश नियुक्ति विवादलाई कसरी हेर्नुहुन्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नूभएको छ भन्दै प्रश्न गरेका छन् । बुधवार संसदीय सुनुवाइ समिति बैठकमा सांसद अर्यालले सो प्रश्न गरेका हुन् ।
उनले भने, ‘दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नुभएको छ ?’ सांसद अर्यालले विकासका विषयमा छिटो अन्तरिम आदेश गरी विकास विरोधी आदेश गरेको आरोप समेत लागेको बताए । उनले भने, ‘विकास रोक्ने किन ?’
अर्यालले नेपाली सेना र सर्वोच्चमा सैनिक कल्याणकारी कोषको दुरुपयोग छ भन्ने आरोप लागेको भन्दै त्यस्तो किन भएको भन्दै प्रश्न गरे । उनले अदालतमा फाइल खोज्न घुस लिने गरेको र फाइल नभेटिएको कुरा किन आउँछ ? भन्दै सिंहलाई प्रश्न गरे ।
उनले बाजुराको हत्यामा संलग्नलाई किन साधारण तारेखमा छोडियो ? भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण