सांसद परियारको राउतलाई प्रश्न– न्यायाधीश नियुक्तिबारे बारम्बार किन प्रश्न उठ्छ ?
काठमाडौँ । सांसद जीवन परियारले न्यायाधीश नियुक्तिबारे बारम्बार किन प्रश्न उठ्छ भन्दै प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रश्न गरेका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसद परियारले न्यायाधीश नियुक्तिको विषयमा प्रश्न उठ्ने गरेको बताएका हुन् ।
उनले भने,‘पञ्चायतकमलमा अदालतमाथि जनताको भरोसा थियो तर अहिले नभएको जनगुनासो छ । न्यायाधीश नियुक्तिको विषयमा पनि प्रश्न उठ्ने गरेको छ, किन बारम्बार यसरी प्रश्न उठ्ने गरेको हो ?’
सांसद परियारले मानहानि बारेमा अदालतले प्रष्ट नजिर बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘अहिले न्यायालयप्रति जनताको भरोसा गुमेको छ, अदालतप्रति जनताको विश्वास भरोसा कस्तो छ, सर्वोच्चले त्यसबारे अध्ययन गरोस् । अदालतप्रति जनताको सहज पहुँच छैन, अदालतमा हुने झन्झटले सर्वसाधारण बरु पीडा सहन चाहन्छन् तर अदालत जान नचाहने अवस्था छ । मानहानि कसलाई लाग्ने, कसरी लाग्ने भन्नेमा प्रष्ट भएन ।’
हरेक पटक प्रस्तावित प्रधानन्यायाधीशहरूले कार्ययोजना ल्याउँदा निकै राम्रो ल्याउने गरेको भन्दै सांसद परियारले कार्यान्वयन भने नहुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण