दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन

नयाँ दिल्ली । दिल्ली प्रहरीले ठुलाे परिमाणमा कोकिन बरामद गरेको छ । राजधानी दिल्लीमा बुधवार ५०० केजीभन्दा बढी तौलको २० अर्ब भारु बराबरको कोकिन फेला पारेको बताइएको छ ।
राजधानीमा अहिलेसम्म फेला परेको यो सबैभन्दा ठुलो परिमाणको लागुऔषध भएको बताइएको छ । दक्षिण दिल्लीमा छापा मारेर लागु औषध बरामद गरेपछि चार जनालाई पक्राउ गरिएको छ ।
दिल्ली प्रहरीको विशेष सेलको टोलीले दक्षिण दिल्लीको महरौलीबाट चार जनालाई पक्राउ गरी ५६५ किलोभन्दा बढी तौलको कोकिन बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूले दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा कोकिन बेच्ने योजना बनाएको अधिकारीहरूले भनेका छन् । विशेष सेलको टोलीले दुई महिनाभन्दा बढी समयदेखि गोप्य सूचनाका आधारमा काम गरिरहेकोले चाडपर्वअघि नै यो खुलासा भएको उनले बताए । चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । ।
दिल्लीको तिलक नगर क्षेत्रमा आइतबार दुई अफगान नागरिकलाई पक्राउ गरेपछि यो काण्डको भन्डाफोर भएको थियो । उनीहरूको साथबाट ४ सय ग्राम हेरोइन र १६० ग्राम कोकिन बरामद भएको थियो ।
सोही दिन दिल्ली भन्सारले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको साथबाट २४ करोड रुपैयाँभन्दा बढी मूल्यको १ हजार ६६० ग्राम कोकिन बरामद गरेको थियो । यात्रु रिपब्लिक अफ लाइबेरियाका नागरिक थिए । उनी दुबईबाट दिल्ली आएका थिए । उनलाई एनडीपीएस ऐन १९८५ अन्तर्गत पक्राउ गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनको एक्सन, तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी