दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन
नयाँ दिल्ली । दिल्ली प्रहरीले ठुलाे परिमाणमा कोकिन बरामद गरेको छ । राजधानी दिल्लीमा बुधवार ५०० केजीभन्दा बढी तौलको २० अर्ब भारु बराबरको कोकिन फेला पारेको बताइएको छ ।
राजधानीमा अहिलेसम्म फेला परेको यो सबैभन्दा ठुलो परिमाणको लागुऔषध भएको बताइएको छ । दक्षिण दिल्लीमा छापा मारेर लागु औषध बरामद गरेपछि चार जनालाई पक्राउ गरिएको छ ।
दिल्ली प्रहरीको विशेष सेलको टोलीले दक्षिण दिल्लीको महरौलीबाट चार जनालाई पक्राउ गरी ५६५ किलोभन्दा बढी तौलको कोकिन बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूले दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा कोकिन बेच्ने योजना बनाएको अधिकारीहरूले भनेका छन् । विशेष सेलको टोलीले दुई महिनाभन्दा बढी समयदेखि गोप्य सूचनाका आधारमा काम गरिरहेकोले चाडपर्वअघि नै यो खुलासा भएको उनले बताए । चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । ।
दिल्लीको तिलक नगर क्षेत्रमा आइतबार दुई अफगान नागरिकलाई पक्राउ गरेपछि यो काण्डको भन्डाफोर भएको थियो । उनीहरूको साथबाट ४ सय ग्राम हेरोइन र १६० ग्राम कोकिन बरामद भएको थियो ।
सोही दिन दिल्ली भन्सारले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको साथबाट २४ करोड रुपैयाँभन्दा बढी मूल्यको १ हजार ६६० ग्राम कोकिन बरामद गरेको थियो । यात्रु रिपब्लिक अफ लाइबेरियाका नागरिक थिए । उनी दुबईबाट दिल्ली आएका थिए । उनलाई एनडीपीएस ऐन १९८५ अन्तर्गत पक्राउ गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण