रियलको कीर्तिमानी अपराजित यात्रा जारी
मड्रिड । रियल मड्रिडले यो सिजन ला लिगामा आफ्नो अपराजित यात्रा जारी राख्दै भिल्लारियाललाई २–० गोलले पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा रियलले खेलको १४ औँ मिनेटमा अग्रता लिएको थियो । लुका मोड्रिचको पासमा फेडेरिको भालभर्डेले रियललाई अग्रता दिलाए । दोस्रो हाफमा भालभर्डेले भिनिसयस जुनियरलाई गोलको अवसर सिर्जना गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको अन्त्यतिर ड्यानी कार्भाहाल घाइते हुँदा भने रियलको जित खल्लो बन्न पुग्यो । स्पेनिस राइट ब्याक येरेमी पिनोसँग ठोक्किएपछि निकै पीडामा देखिएका थिए । प्रशिक्षक कार्लो एन्चेलोटीले उनको घुँडामा गम्भीर चोट लागेको जानकारी दिएका छन् ।
कार्लो एन्चेलोटीको टोली ला लिगामा पछिल्ला ४१ खेलमा अपराजित रहेको छ । टोलीले यस क्रममा ३० खेलमा जित र ११ मा बराबरी गरेको छ । प्रतियोगितामा यो दोस्रो लामो अपराजित यात्राको रेकर्ड पनि हो ।
सन् २०१८ मा बार्सिलोनाले ४३ खेलको अपराजित यात्राको रेकर्ड बनाएको थियो । त्यतिबेला टोलीले ३४ खेलमा जित र ९ खेलमा बराबरी गरेको थियो ।
शनिबारको जितपछि रियलले ९ खेलबाट २१ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको बार्साको पनि समान २१ अङ्क छ, यद्यपि, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण