१८ मध्ये १८ : पेनाल्टी पर्फेक्ट रोनाल्डो
काठमाडौँ । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोले उमेर अनुसार आफ्नो खेललाई ढाल्दै गोल वर्षा जारी राखेका छन् । पछिल्लो समयमा अल–नासरमा रोनाल्डोले पेनाल्टी लिने जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले २०२३/२४ सिजनमा ३१ खेलमा ३५ गोल गर्दै साउदी प्रो लिगमा एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए । यो सिजन पनि उनले आफ्नो गोल वर्षा जारी राखेका छन् । यसमध्ये धेरै गोल पेनाल्टीबाट आएका छन् ।
शनिबार अल ओरोबाविरुद्धको खेलमा रोनाल्डोले पेनाल्टीबाट अर्को गोल थपे । साउदी क्लबका लागि पेनाल्टीबाट रोनाल्डोले १८ मध्ये १८ वटा नै गोल गरेका छन् । पछिल्ला दुई वर्षमा रोनाल्डोले मात्र एउटा पेनाल्टीमा चुकेका छन् । युरो २०२४ मा सर्बियाविरुद्ध ३–० को जित हासिल गर्ने क्रममा रोनाल्डोको प्रहारलाई जान ओब्लाकले रोकेका थिए ।
अल नासरका लागि भने पेनाल्टीमा उनले शत प्रतिशत रेकर्ड राख्न सफल छन् । अल नासरबाट खेल्दा १२ यार्डबाट कुनै पनि गोलकिपरले रोनाल्डोको पेनाल्टी रोक्न सकेका छैनन् । १८ मध्ये ६ वटा पेनाल्टी उनले घरेलु मैदानमा र बाँकी अन्य टोलीको मैदानमा लिएका हुन् ।
शुक्रबारको खेलमा रोनाल्डोबाहेक साडियो मानेले दुई गोल गरेपछि अल नासर ३–० गोलले विजयी बन्यो । ६ खेलपछि ४ मा जित २ मा बराबरी हासिल गर्दै अल–नासर लिगको तेस्रो स्थानमा रहेको छ । अल हिलाल १८ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण