तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौँ । नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । गत साता देशमा देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर विभिन्न रोगको संक्रमणमा परेका, डेङ्गु र अन्य रोगको बढ्दो सक्रमणका कारण स्वास्थ उपचार गरिरहेका बिरामीहरूलाई रगत उपलव्ध गराउने उद्धेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
विभिन्न अस्पतालहरूमा रगतको अभाव रहेकोले सो अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दलका केन्द्रीय सदस्य जयराम दाहालले बताए । त्रिचन्द्र क्याम्पसमा आयोजित रक्तदान कार्यक्रम पार्टीका सहमहामन्त्री एवं नेपाल तरूण दलका केन्द्रीय निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको थियोे ।
उपाध्यायले नेपाल तरूण दलको महाधिवेशन तोकिएको समयमा नै हुने र सधैं तरूण दलले यस्तै रचनात्मक कार्यक्रम गरिरहनुपर्ने कुरामा जोड दिइन् । कार्यक्रम केन्द्रीय सदस्य रोजन राईको संयोजकत्वमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण