बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनपिएल अक्सन : विभिन्न आठ टोलीमा ९१ खेलाडी अनुबन्धित

सोमबार, २१ असोज २०८१, ०० : ०९
सोमबार, २१ असोज २०८१

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन सम्पन्न भएको छ । विभिन्न आठ टोलीमा ९१ खेलाडी अक्सनबाट अनुबन्धित भएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि विभिन्न आठ टोलीमा ९१ खेलाडी आइतबार अक्सनद्वारा अनुबन्धित भएका हुन् । अक्सनबाट आठै टोलीले १०–१० खेलाडी टोलीमा भित्र्याए ।

अक्सनबाट विराटनगर किङ्ग्समा लोकेश बम, प्रतिश जीसी, बशीर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ रहेका छन् । 
त्यस्तै, चितवन राइनोजमा रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रौटेला, दिपक बोहरा, रञ्जीत कुमार र गौतम केसी अक्सनबाट छानिएका छन् । 

त्यसैगरी जनकपुर बोल्ट्समा ललित राजवंशी, अनिलकुमार साह, रुपेश  सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिप्रसाद यादव र  तुलबहादुर थापा मगर अक्सनबाट छानिएका छन् । 

कर्णाली याक्समा गुलशनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, ऋत गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे र युनिशविक्रम सिंह ठकुरी तथा काठमाडौं गोर्खाजमा शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण काकी, बिबेक केसी, प्रतीक श्रेष्ठ र राजु रिजाल अक्सनबाट छानिएका छन् । 
 
यसैगरी लुम्बिनी लायन्समा सूर्य तामाङ, बिबेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम र बिकाश आग्री अक्सनबाट छानिएका छन् । 

पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ,त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल र  अमृत गुरुङ तथा सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद अक्सनबाट छानिएका छन् । 
 
अक्सनको ग्रेड ‘ए’ मा न्यूनतम १० लाख र उच्चतम रु १५ लाख राखिएको थियो भने ग्रेड ‘बी’मा न्यूनतम ५ लाख र उच्चतम १० लाख थियो । 

त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई लाख र उच्चतम पाँच लाख मुल्य तोकिएको थियो । अब चार/चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६–१६ खेलाडी रहने छन् । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप