जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
काठमाडौँ । जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ ।
कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौँ महानगरपालिका–१२ स्थित पचली पीठबाट भैरवको जात्रा गरी मङ्गलबार बेलुका हनुमान ढोका पुर्याइएको हो । यसरी कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।
विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।
विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा भैरव जात्रालाई लिइन्छ ।
भैरवलाई पुनः टेकुमा लगिएपछि जात्रा सम्पन्न गरिने काठमाडौँ महानगरपालिका –१२ वडा सदस्य श्यामकृष्ण खड्गीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण