चौथो अभ्यास खेलमा पनि क्यानडा एचपीविरुद्ध नेपालको जित
काठमाडौँ । क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ । मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो ।
नेपालका क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो । ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ । अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी–२० शृङ्खलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सानमा गर्नेछ ।
त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण