बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनीत
काठमाडौँ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई खेलकुद विकास कार्यक्रम विज्ञको रूपमा मनोनीत गरेको छ ।
बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग पुग्ने विश्वाससहित थापालाई उक्त जिम्मेवारी दिएका हुन् ।
खेलकुदसँग सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरूको योजना तयार पार्ने र खेलाडीहरूको चौतर्फी विकासलाई समेत सुनिश्चित गर्ने प्रदेश सरकार र खेलकुद मन्त्रालयको आवश्यकता अनुसार सल्लाह सुझाव दिन थापालाई मनोनीत गरिएको मन्त्री महर्जनले बताए ।
काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौँ ब्याडमिन्टन एकेडेमीका संस्थापक पनि हुन् । उनी ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
यसैगरी, थापाले ब्राजिलको रियो दि जेनेरियोमा सन् २०१६ मा आयोजित ओलम्पिक खेलकुदमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । थापाको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने विश्वास पनि मन्त्री महर्जनले व्यक्त गरे ।
स्पोर्टस इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृद्धि विकासका लागि विभिन्न कार्यहरू सञ्चालन गर्दै आएका छन् । उनी नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सह–अध्यक्ष पनि हुन् । मन्त्रालयले यसअघि खेल विज्ञको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई समेत मनोनीत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण