राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
शुक्रबार, २५ असोज २०८१, १२ : ०७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दसैँका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण