भान डाइकले रातो कार्ड पाउँदा रोकियो नेदरल्याण्ड्स
शनिबार, २६ असोज २०८१, १० : २५
बुडापेस्ट । भर्जिल भान डाइकले रातो कार्ड पाउँदा नेदरल्याण्ड्स हंगेरीसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
खेलमा अग्रता हंगेरीले लिएको थियो । रोलान्ड सालाईले ३२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ७९ औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै भान डाइक मैदान छाड्न बाध्य भए । यसका बाबजुद १० खेलाडीमा सीमित नेदरल्याण्ड्सका लागि डेनजेल डम्फ्राइजले ८३ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।
लिग ए को ग्रुप ३ मा रहेको नेदरल्याण्ड्स ३ खेलबाट ५ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । २ अङ्कसहित हंगेरी तेस्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण