दसैँ
शीतलनिवासमा सर्वसाधारणलाई टीका, तस्बिरहरू
शनिबार, २६ असोज २०८१, १६ : ०८

काठमाडौँ । विजया दशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।
यसअघि राष्ट्रपति पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका थिए । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन
-
नवउदारवाद मर्दैछ, प्रविधि सामन्तवाद जन्मदैछ