पहिलेभन्दा काठमाडौँमा चहलपहल बढी

काठमाडौँ । बडादसैँमा यसवर्ष काठमाडौँ उपत्यकामा तुलनात्मक रूपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दसैँमा भन्दा यस बढी चहलपहल देखिएको हो । फूलपातीदेखि नै सुनसान हुने काठमाडौँका सडकहरू विगतको तुलनामा बढी चहलपहल देखिए ।
असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौँ छाड्नेहरूको सङ्ख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो ।
चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरूले पनि यसवर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता