अध्यक्ष दाहालले आज अन्तर-व्यवस्थापिका संघको महासभामा सम्बोधन गर्दै
जेनेभा । स्वीट्जरल्याण्डको जेनेभा जारी अन्तर-व्यवस्थापिका संघ (आइपीयू) को १४९ औँ महासभालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज सम्बोधन गर्ने भएका छन् ।
महासभालाई नेपाली समय अनुसार आज (सोमबार) बेलुकी ७ बजेपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले सम्बोधन गर्ने तालिका रहेको छ। महासभामा अध्यक्ष दाहालले 'शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग' विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ।
स्वीट्जरल्यान्डको जेनेभामा हिजोदेखि शुरु भएको आइपीयूको १४९ औं महासभामा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी रहेका छन्। त्यसैगरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा र निजी सचिव उपसचिव नमराज नगरकोटी पनि प्रतिनिधिमण्डलमा छन् ।
अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण