पुरातात्त्विक सम्पदाको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका छन् । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका–८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेको मालारानी मन्दिरको दर्शन गरेका हुन् । उनले लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको बताए ।
लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरूलाई जोड्ने गरी योजनाअनुसार काम भइरहेको बताउँदै सरकारले सम्पदाको संरक्षण गर्नको लागि कुनै कमजोरी नराख्ने बताए । सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरूलाई प्रदेश सरकारले समान महत्त्व दिएको प्रस्ट पार्दै समुदायको साथ, सहयोग र सहकार्यबाट संरक्षण, संवर्द्धनका कामहरू हुने बताए ।
प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौँ लुम्बिनी’ को नारासहित लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूका पुर्याउने योजना अघि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण