तस्बिरमा हेर्नुहोस् काठमाडौँको शंखरापुर नाङ्लेभारेको सुन्दर धान खेत
काठमाडौँ । काठमाडौँ भन्ने बित्तिकै धेरैको मनमा न्यूरोड, बानेश्वर, बागबजार लगायतका मुख्य शहर बजार कल्पनामा आउला । तर भौगोलिक रूपमा काठमाडौँ जिल्लामा सहरी क्षेत्रमा मात्र सीमित छैन । काठमाडौँको ग्रामीण इलाकाको भूगोलको मात्रा पनि ठुलो रहेको छ । उपत्यकाभित्र मात्र सीमित नरही छेउका पहाडी भूभागहरू सम्म काठमाडौँ फैलिएको छ ।
काठमाडौँको शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिकामा लगायतमा पहाडी भूभागहरू पर्छन् जहाँ मुख्य पेसाको रूपमा कृषि रहेको छ । जहाँ धान–गहुँ–मकै–कोदो–आलु लगायतका खाद्य बाली उत्पादन हुनुका साथै पशुपालन व्यवसाय पनि निरन्तर रूपमा अघि बढिरहेको छ ।
काठमाडौँको उत्तर पूर्वमा रहेको शंखरापुर नगरपालिकाका स्थानीयको मुख्य पेसा कृषि रहेको छ । कुल ६० दशमलव २१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्ला लगायत काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकासँग जोडिएको छ । राजधानी रहेको जिल्लाको नगरपालिका भएता पनि यहाँ ग्रामीण बस्ती र भौगोलिक रूपमा विकट क्षेत्र रहेको छ ।
तामाङ, नेवार, ब्राह्मण, क्षेत्री, गुरुङ लगायतका जातजाति बसोबास गर्ने यस नगरका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् । तरकारी, अन्नबाली र दूध उत्पादनमा यहाँका स्थानीयहरू बाह्रै महिना व्यस्त रहन्छन् । शंखरापुर नगरपालिकाको वडा नम्बर ६ र ७ आलु खेती र वडा नम्बर ४ स्कुस खेतीका लागि प्रख्यात रहेको छ ।
‘पर्यटन र कृषि समृद्धिको मूल आधार’ नारा सहित शंखरापुर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकहरूलाई सहुलियतमा उन्नत जातका बिउबिउन, कृषि प्राविधिक लगायतका सेवा दिँदै आएको नगरप्रमुख रमेश नापितले बताएका छन् । यो नगरपालिकाको वडा नम्बर १ नाङलेभारे धान गहुँ, मकै तथा दूध उत्पादनमा अगाडि रहेको छ ।
तस्बिरमा हेर्नुहोस् नाङ्लेभारेको धान खेत
_YAagb17Btl.png)
_kzUllt2TDr.png)
_stkAKUveOl.png)
_L9TZ6a3ntj.png)
_hVc19FKotx.png)
_qEMw5kxQeD.png)
_mzYqEfUnBY.png)
_7mTOM7Vc3k.png)
_kzIW6D4WDV.png)
_qgjoqBM8vm.png)
_V4K0YG0cKB.png)
_oqipD2PgUq.png)
_9l2u4USubR.png)
_rohGdqq33x.png)
_uJEytOZ6oC.png)
_AAFTf0Zd5x.png)
_ZrJb0FMPlc.png)
_jAK98Ove63.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण