अर्को मनसुनसम्मका लागि बाढी पूर्वानुमान कार्य स्थगित
काठमाडौँ । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र नदीहरूमा पानीको बहाव कम भएकोले बाढी पूर्वानुमानको काम अर्को मनसुन सम्मका लागि स्थगित गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै विभागले मनसुन पूर्ण रूपमा बाहिरिएको र अब नदीहरूमा बाढी नबढ्ने देखिएकोले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुने जनाएको हो ।
विभागले भनेको छ, ‘२०८१ सालको मनसुन नेपालबाट असोज २६ गते देखि पूर्णरूपमा बाहिरिएको र नदीमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुनेछ । बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी नहुने, बाढी पूर्वसूचनाको टोल फ्री ११५५ अर्को मनसुनसम्म स्थगन हुनेछ ।’
यो वर्षको मनसुन अवधिमा बाढी पूर्वानुमान र पूर्वसूचनामा सहकार्य गर्नेहरूलाई पनि विभागको बाढी पूर्वानुमान महाशाखाले धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण