चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताउनु भयो । उहाँले थिएटरमा यस्तो पात्रहरुको भुमिका निभाएपनि चलचित्रमा पहिलो अनुभव रहेको बताउनु भयो । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताउनु भयो । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको बताउनु भयो ।
चलचत्रिमा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण