न्हूदँ ११४५ समारोह समितिको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ । यस वर्ष नेपाल संवत्काे नयाँ वर्ष मनाउन न्हूदँ ११४५ समारोह समितिमा नेवाः अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिएका छन् । न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो ।
नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समयदेखि सक्रिय रहि आएका उनी नेपाली समाजमाझ बौद्धिक व्यक्तित्वको रुपमा परिचित रहेका छन् । संविधानसभाबाट समावेशी संविधान निर्माण गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी हाल जनता समाजवादी पार्टीका वरिष्ठ नेता हुन् ।
उक्त बैठकले नव वर्ष नेपाल संवत् ११४५ देशभर विविध कार्यक्रम गरी मनाउन ७२ सदस्यीय मूल समारोह समिति गठन गर्नाका साथै दैनिन्दिनका कार्य सञ्चालनका लागि १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ । यस अतिरिक्त बैठकले न्हूदँ मनाउने कार्यलाई थप व्यवस्थित र वैधानिक बनाउन संस्था दर्ता गरी संस्थागत रुपमै अघि बढ्ने निर्णय पनि गरेको छ ।
उक्त बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, दिलीप महर्जन, शैलेन्द्रमान बज्राचार्य, निरञ्जनरत्न शाक्य लगायत थुप्रै भाषिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण