अन्य दलका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न शंकरको सुझाव
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न भनेका छन् ।
‘राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि !’, पोखरेलले लेखेका छन् । साथै उनले नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने नेकपा(एमाले)लाई राम्ररी थाह भएको बताएका छन् ।
‘त्यही भएर नै नेकपा(एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ’, पोखरेलले थप भनेका छन्,‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ ।’
नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा लिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन नछाडेपछि पोखरेलले यस्तो लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण