‘तिमी मेरो राजा होइनौँ’ भन्दै अष्ट्रेलियाली सांसदले बेलायती राजाको विरोध गरेपछि...
क्यानबेर्रा । यतिबेला बेलायती राजा चाल्र्स तृतीय अष्ट्रेलियाको भ्रमणमा छन् । फेब्रुअरीमा क्यान्सरको निदान भएयता यो उनको पहिलो शाही भ्रमण थियो । उनी चर्च सर्भिसका लागि अष्ट्रेलिया आएका थिए । राजकीय भ्रमणको दोस्रो दिन सोमबार चाल्र्सले अष्ट्रेलियाको सांसदलाई सम्बोधन गरेका थिए ।
सम्बोधन पूरा गरेलगत्तै उनले विरोधको सामना गर्नु पर्यो । ‘तिमी मेरो राजा होइनौँ’ भन्दै स्वतन्त्र सांसद लिडिया थोर्पले राजाकै सामु चिच्याएकी थिइन् । कराउन थालेपछि सुरक्षाकर्मीहरूले बाहिर निकाले । आफ्नो भाषण सकेर राजा मञ्चमा रानी क्यामिला बसेको ठाउँसम्म जाँदै थिए । त्यति नै बेला थोर्प चिच्याउन थालिन् ।
‘यो तिम्रो भूमि होइन, तिमी मेरो राजा होइनौँ,’ भन्दै उनी कराइरहेकी थिइन् । तर समारोह उक्त घटनाबारे केही उल्लेख नै नागरिक सकियो । राजा र रानी पनि संसद् भवनभित्र आफूहरूलाई अभिवादन गर्न उभिरहेका सर्वसाधारणलाई भेट्न निस्के । अष्ट्रेलिया कमनवेल्थ देश हो । चाल्र्स त्यहाँका हेड अफ स्टेट पनि हुन् । थोर्प भिक्टोरियाकी स्वतन्त्र सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण