बिल गेट्सको कमला ह्यारिसलाई समर्थन, दिए ५ करोड गुप्त दान
वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ । डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस र रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन् । दुवै उम्मेदवारले ठूलो समर्थन पाइरहेका छन् । खर्बपति व्यापारी एलन मस्क खुलेर ट्रम्पलाई जिताउन लागि परेका छन् ।
तर उपराष्ट्रपति ह्यारिसले अमेरिकी खर्बपति व्यापारी तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको खुला समर्थन पाएकी छैनन् । तर गेट्सले ह्यारिसलाई सहयोग गर्ने एउटा गैर–लाभकारी संस्थालाई ५ करोड डलर दान दिएको खुलासा भएको छ । बिल गेट्सले ह्यारिसलाई समर्थन गर्ने फ्युचर फरवार्ड नामक समूहलाई दान गरेको बताइएको छ ।
गेट्सले डेमोक्रेटिक उम्मेदवारलाई सार्वजनिक रूपमा समर्थन नगरेकाले दानलाई गोप्य राखिएको बताइएको छ । एक मिडिया रिपोर्टकाअनुसार यस वर्ष निजी कुराकानीमा गेट्सले आफ्ना साथीहरू र अन्यलाई डोनाल्ड ट्रम्प दोस्रो राष्ट्रपति बनेमा के होला भन्ने चिन्ता व्यक्त गरेका थिए ।
ट्रम्प पुनः निर्वाचित भए भने परिवार नियोजन र विश्वव्यापी स्वास्थ्य कार्यक्रममा हुने सम्भावित कटौतीलाई लिएर बिल गेट्सको परोपकारी संस्था ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ निकै चिन्तित रहेको बताइएको छ । यद्यपि, गेट्सले आफू जुनसुकै उम्मेदवारसँग काम गर्न सक्ने कुरामा जोड दिइरहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण