बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( इनास ) अमेरिकाको मेरिल्याण्ड शाखा संस्कृति संरक्षणमा सक्रिय छ । संस्था यतिबेला गायन, नृत्य र व्यायाममार्फत नेपाली संस्कृतिको प्रवर्द्धनमा कस्सिएको छ ।
इनास मेरिल्याण्डले वार्षिकोत्सव पारेर बालप्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरेको छ । १७ वर्षमुनिका नानीबाबुलाई अतिथि बनाएर गरिएको कार्यक्रम अमेरिकी डायस्पोरामा पहिलो हो । मोरिल्याडको बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’मा २६ बालबालिकाले भाग लिएका थिए ।
प्रतियोगितामा असुना छन्त्याल पहिलो, कृपा ढकाल दोस्रो र सिर्जित तामाङ तेस्रो भए । कार्यक्रममा नेपाली फिल्म क्षेत्रका प्रसिद्ध कलाकार पनि सहभागी थिए । अभिनेत्री सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, गायिका सरिश्मा अमात्य, संगीतकर्मी कमल सौराग पनि सहभागी भएको संस्थाका अध्यक्ष लक्ष्मण पौडेल र संयोजक शान्ति भण्डारीले जानकारी दिए ।
निर्णायकमा फिल्म निर्देशक तथा इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछाने र ओकिली ब्याण्डका गायक सृजन ताम्राकार थिए । प्रमुख अतिथिमा इनास अमेरिल्याण्डका सल्लाहकार, समाजसेवी तथा प्रमुख प्रायोजक अमर छन्त्याल थिए । सहप्रयोजक इन्द्र थापा पनि सहभागी थिए ।
सो अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी पनि थिए । शो अवसरमा कमल सौराग, प्रवेश पौडेल, श्याम गुरुङ, कन्हैयासिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, याम क्षेत्री, शान्ति भण्डारी, कल्पना देवकोटा, लक्ष्मण पौडेल, राजु ढुंगेल, उदय भट्टराई, राजेश खड्गी, अमृत रामदाम, स्वरुपा रसाइली, खिम मस्रांगी, सुजन रामदाम, माधवी भण्डारी, रबी पौडेल, रमेश परियार, रमेश सुनुवार, बिराज रामदाम लगायत कलाकानरको पनि प्रस्तुति थियो ।
कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसी, इनास पेन्सिलभेनियाका विकास घलेको पनि उपस्थिति थियो । संस्थाले पुरस्कृत र सहभागी भएका बालबालिका र दातालाई समेटेर धन्यवाद कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण