विश्व टेनिसमा अब खेलका क्रममा प्रशिक्षकले खेलाडीलाई सुझाव दिन पाउने
काठमाडौँ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले आफ्नो नियममा केही परिवर्तन गर्ने भएको छ । आईटीएफले खेलका क्रममा पनि खेलाडीले आफ्ना प्रशिक्षकसँग सल्लाह गर्न पाउने गरी नियम संशोधनको तयारी अगाडि बढाएको हो ।
आईटीएफको वर्षिक बैठकका क्रममा यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । यो नियम सन् २०२५ को जनवरीदेखि सबै प्रतियोगितामा लागू गरिने आईटीएफले जनाएको छ । यसअघि प्रशिक्षकले अभ्यासका क्रममा मात्र खेलाडीसँग सल्लाह गर्न पाउने नियम थियो ।
खेलका क्रममा भने प्रशिक्षकले खेलाडीलाई कुनै सुझाव दिन पाउँदैन थिए । पछिल्लो दुई वर्षदेखि यो नियम संशोधन गर्ने विषयमा विभिन्न चरणमा परीक्षण गरिँदै आएको थियो । परीक्षणको नतिजा सकारात्मक आएपछि आईटीएफले आफ्नो नियम संशोधन गर्न लागेको हो ।
नियम संशोधन गर्नुअघि आईटीएफले खेलाडी, प्रशिक्षक, अम्पायर र विज्ञँहरुसँग पनि विभिन्न चरणमा छलफल गरेको थियो । नियम संशोधन भएपछि टेनिस खेल थप रोचक बन्ने विश्वास पनि आईटीएफले लिएको छ । खेलाडीहरु आईटीएफको पछिल्लो घोषणाबाट उत्साही देखिएका छन् ।
नयाँ नियम लागू भएपछि खेलका क्रममा कुनै पनि समय प्रशिक्षकले आफ्ना खेलाडीलाई बोलेर वा इशाराले सल्लाह दिन पाउने छन् । खेल रोकिएको समयमा पनि प्रशिक्षकले केही समयका लागि आफ्ना खेलाडीसँग कुरा गर्न पाउने छन् ।
यसैगरी, टिम स्पर्धाका क्रममा यदि टोलीका कप्तान कोर्टमा उपस्थित छन् भने उनले पनि खेलाडीलाई आवश्यक सल्लाह दिन पाउने छन् । क्यानडाका चर्चित टेनिस खेलाडी डेनिस शापोवालोभले भने यो नियमको आलोचना गरेका छन् ।
‘एक खेलाडीको रुपमा भन्दा पनि टेनिसप्रेमीका रुपमा म यो नियमको आलोचना गर्छु । कोर्टमा खेलाडीले आफ्नो इच्छा अनुसार खेल्न पाउनुपर्छ । अहिलेसम्म टेनिस खेलको सुन्दरता नै यहि थियो । तर, अब यो खेलको सबैभन्दा सुन्दर पक्ष नष्ट हुँदैछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण