बायर्नमाथि बार्साको गोल वर्षा
बिहीबार, ०८ कात्तिक २०८१, ०६ : १४
काठमाडौँ । विंगर राफिन्हाको ह्याट्रिकको मद्दतले स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखमाथि गोल वर्षा गरेको छ । च्याम्पियन्स लिगमा दुई महारथीको भिडन्तमा बार्सा ४–१ गोलले विजयी बनेको हो ।
खेलको पहिलो मिनेटमा नै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, १८ औँ मिनेटमा ह्यारी केनले बराबरी गोल फर्काए ।
३६ औँ मिनेटमा रोबर्ट लेवान्डोक्सीले आफ्नो पूर्व क्लबविरुद्ध गर्दै टोलीलाई पुनः अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा राफिन्हाले अग्रता फराकिलो बनाए ।
दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । जितपछि बार्सिलोना ३ खेलबाट ६ अङ्क बटुल्दै लिगको १० औँ स्थानमा रहेको छ । बायर्न भने समान खेलबाट ३ अङ्कसहित २३ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण