अवैध लागु औषधसहित ४ जना पक्राउ
बिहीबार, ०८ कात्तिक २०८१, १० : ०८
काठमाडाैँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई-छिपाई राखेको शुद्ध तौल ५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र निजको घरमा गई चेकजाँच गर्दा ४३ ग्राम लागु औषध पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका बस्ने वर्ष २१ का नीराजन शाहको साथबाट १ ग्राम २३० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ ।
यता धनगढीबाट बैतडी जान लागेका डोटीका अन्दाजी २४ वर्षीय दीपक विष्ट र गोबिन्द विष्टलाई अस्थायी प्रहरी पोस्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा ४७ ग्राम ७० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको झट्काले पनि पर्यटन मन्त्रालयले चेतेन, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण