अंकारा हमला पीकेकेले गराएको टर्कीका रक्षामन्त्रीको आरोप
बिहीबार, ०८ कात्तिक २०८१, ११ : २५

टर्की । टर्कीका रक्षामन्त्री यासर गुलेरले राजधानी अंकाराको प्रमुख रक्षा परिसरमा भएको घातक हमलामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को हात रहेको बताएका छन् । उनले आतंकवादीको अन्त्य नगरेसम्म शान्त नबस्ने बताए ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले अंकारामा रहेको टर्किस एरोस्पेस इन्डस्ट्रिज इन्क (टुसास) को उत्पादन केन्द्रमा भएको आक्रमणमा ५ जनाको मृत्यु भएको र १४ जना घाइते भएको बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको ती मन्त्रीले घटनास्थलमा पत्रकारहरुलाई बताए ।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह