अंकारा हमला पीकेकेले गराएको टर्कीका रक्षामन्त्रीको आरोप
बिहीबार, ०८ कात्तिक २०८१, ११ : २५
टर्की । टर्कीका रक्षामन्त्री यासर गुलेरले राजधानी अंकाराको प्रमुख रक्षा परिसरमा भएको घातक हमलामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को हात रहेको बताएका छन् । उनले आतंकवादीको अन्त्य नगरेसम्म शान्त नबस्ने बताए ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले अंकारामा रहेको टर्किस एरोस्पेस इन्डस्ट्रिज इन्क (टुसास) को उत्पादन केन्द्रमा भएको आक्रमणमा ५ जनाको मृत्यु भएको र १४ जना घाइते भएको बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको ती मन्त्रीले घटनास्थलमा पत्रकारहरुलाई बताए ।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण