सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
बिहीबार, ०८ कात्तिक २०८१, १४ : ३७
_E9cFdUhBzu.jpg)
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो ।
रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड
-
फेरि किन सर्यो लोसपाको महाधिवेशन ?
-
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
-
विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !
-
हानिया आमिर र माहिरा खानले भारतलाई भने कायर
-
मलेसिया कामदार पठाउन मेनपावर व्यवसायीबिच सिन्डिकेटको प्रयास