पासवर्ड बनाउँदा यस्तो गल्ती त गरिरहनु भएको छैन ?
काठमाडौँ । डिजिटल सुरक्षाका लागि पासवर्ड व्यवस्थापन निकै जरुरी छ । नत्र तपाईंले गरेको एक गल्तीले ह्याकरहरूले गोप्य विवरण, पैसा र अन्य कागजातहरू सबै चोरेर लैजाने छन् ।
अहिलेको डिजिटल दुनियाँमा सबै मान्छेसँग सामाजिक सञ्जालहरूमा खाता हुन्छन् । यी सबैका लागि पासवर्ड नै चाहिन्छ । तर पासवर्ड बनाउने समयमा कहिलेकाहीँ हामी गर्नै नहुने गल्ती गर्छौ । जसका कारण पछि पछुताउनु पर्ने हुन सक्छ ।
पासवर्ड सधैँ लामो र जटिल राख्नु पर्छ । कम्तीमा पनि पासवर्ड १२ देखि १६ अक्षरको हुनुपर्छ । यसमा अपरकेस, लोअरकेस अक्षरको साथमा संख्या र एट द रेट, ह्याश, प्रतिशतजस्ता विशेष चिह्नको पनि उपयोग गर्नुहोस् । पासवर्डमा सकेसम्म आफ्नो नाम, जन्मतिमी वा सामान्य शब्दको उपयोग गर्नुहुन्न । यी कुराहरू सजिलै सँग अनुमान लगाउन सकिन्छ ।
फरक फरक अनलाइन एकाउन्टका लागि अलग अलग पासवर्ड राख्नुहोस् । एउटै पासवर्डको प्रयोग बारम्बार नगर्नुस् । पासवर्डलाई व्यवस्थित राख्न १पासवर्ड, ड्याशलेन जस्ता पासवर्ड व्यवस्थापन गर्ने टूल्सहरूको प्रयोग गर्न सक्नु हुनेछ । सम्भव भएसम्म दूट फ्याक्टर अथेन्टिकेशन सक्रिय गर्नुहोस् । यसले तपाईँको एकाउन्टलाई अतिरिक्त सुरक्षा दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण