ट्रुकलरमा सीआईबी प्रमुखको फोटो राखेर धम्क्याउनेलाई अभद्र व्यवहार मुद्दा
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी दीपक थापाको तस्बिर र नाम दुरुपयोग गरेर धम्की दिने युवकलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालेको छ ।
विराटनगर महानगरपालिका–१ ठुलो मिल घर भएका ३० वर्षीय हेमकुमार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।’
ट्रुकलर एप्लिकेसनमा उनले सीआईबी प्रमुख एआईजी दीपक थापाको नाम र फोटो प्रयोग गरेर बैंकका मेनेजरलाई धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
बैंकका मेनेजरहरूले त्यसबारे सूचना दिएपछि ब्यूरोका अनुसन्धान अधिकृतले फोन गर्दा आरोपीले भनेका थिए, ‘ तपाईँको कुनै गुनासो भए सीआईबीको प्रवक्तालाई मेल गर्नुहोस् ।’
त्यसपछि ब्यूरोबाट खटिएको प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेको हो । खड्काले अहिलेसम्म १२ जनालाई ‘म सीआईबीको प्रमुख हुँ’ भनेर फोन गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण