निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा
बिहीबार, ०८ कात्तिक २०८१, १८ : ३३
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण