भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी–सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसलगत्तै नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । त्यसपछि विवाद हुँदा खेल केही समय रोकिएको थियो । रोकिएको खेल सुरु हुनासाथ नेपालको तर्फबाट सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी भएको थियो ।
त्यसपछि पेनाल्टी–सुटआउटमा ४–२ गोलले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले उपाधिको लागि बंगलादेशसँग भिडन्त गर्ने छ । आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
अघिल्लो संस्करणको फाइनल खेलमा पनि नेपाल र बंगालदेशबिच नै उपाधि भिडन्त भएको थियो । अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण